प्रदेश प्रहरी कार्यालयको १२ घण्टे अल्टिमेटमसहितको निर्देशनपछि चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले बल्ल रमानापत्र बुझेका छन् ।
एसपी मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रमाना लिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रहेका एसपी मल्लले डीएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
एसपी मल्लको पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको थियो ।सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लले चर्को आलोचना खेपेका हुन्।
बुधबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्ललाई सरुवा भएको ठाउँमा जान १२ घण्टे अल्टिमेटम समेत दिएको थियो ।






