नेकपाको सचिवालय बैठक जारी

नेकपा सचिवालय बैठक जारी, राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने 

राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  सचिवालय बैठक आज पनि जारी छ ।

बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।यसअघि बिहीबार बेलुका बसेको सचिवालय बैठक बिनानिष्कर्ष सकिएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले नेकपाका तर्फबाट उम्मेदवार हुने १६ जनाको नाम एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएका थिए ।

“राष्ट्रियसभा निर्वाचनमा दुईजना राजपालाई दिने यसअघि नै सहमति भएको छ,”सचिवालयका एकजना सदस्यले बैठकपछि भने, “बाँकी १६ जनाको नाम अध्यक्ष ओलीले आफू निकटका मात्रै लिएर आउनुभएको थियो । त्यसमा सदस्यहरुको विरोध रह्यो ।” उम्मेदवारहरुको टुंगो आजै लगाउने तयारी गरिएको छ ।