प्रचण्ड सामु सबै चुप !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम ‘वाग्मती’ राख्न र राजधानी ‘हेटौंडा’ बनाउन निर्णय गरेको छ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवावमा सचिवालयको बैठकले सो निर्णय गरेको एक सचिवालय सदस्यले बताए । 

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम ‘वाग्मती’ राख्न र राजधानी ‘हेटौंडा’ बनाउन प्रस्ताव अध्यक्ष प्रचण्डले विना योजना न‌ै निर्णय गराएको सचिवालय सदस्यले जानकारी दिए । 

नेकपा अध्यक्ष प्रचण्डको प्रस्ताव अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मौन समर्थन गरेका थिए।

अर्का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसँग प्रचण्डले यस बिषयमा पहिला नै छलफल गरिसकेका थिए। आफू विवादमा आउन सक्ने भन्दै श्रेष्ठ शनिवार गोरखाको स्थानिय कार्यक्रममा सहभागी गएका थिए । 

बैठककमा अध्यक्ष प्रचण्डले पटक पटक राजधानी नसर्ने भनेर हेटौंडाका जनतालाई भनेको र अन्त सार्दा आफू अफ्ठयारो पर्ने भएकोले यसलाई जसरी पनि पास गर्न आग्रह गरेका थिए ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई समेत प्रचण्डले हेटौंडाबाट अन्त कतै राजधानी नहुने भन्दै ढुक्कु हुन भनेका थिए ।

सचिवालयको वैठकबाट राजधानी र नामको बारेमा निर्देशन दिइएपछि नेकपा नेताहरुवाटै यसको विरोध भएको छ।