पोखराको मौसम आज आइतबार निकै खुलेको छ । कडा चिसो भए पनि बिहानैदेखि झलमल्ल घाम लागेको छ ।
पोखरा आसपासका डाँडाहरू पनि निकै उज्याला र सफा देखिन्छन् । हल्का तुँवालो लागेपछि पोखराबाट देखिने हिमालहरू निकै खुलेका छन् ।
चिसोका कारण बिहान कठिन महसूस गरेका मानिसहरू घामको पार ताप्न बाहिर निस्किएका छन् । केही दिनदेखि पोखरामा निकै चिसो बढेको छ ।






