आच्छु, लाष्टै चिसो !

अहिले पुसको मध्य, देशभर चिसो बढेको छ । तराईमा शीतलहरदेखि हिमाली भेगमा हिमपात भइरहेका छन् ।

केहीदिन यता पोखरामा उपत्यकामा पनि अत्यधिक चिसो बढेको छ । न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसको आसपास पुगेको छ ।

अहिले खुल्नेक्रममा रहे पनि पोखरालाई बाँक्लो तुवालोले ढाकेको छ । नेपालका केही ठाउँमा त पानी जमेर बरफ नै बन्न थालिसक्यो ।

चिसो बढिरहँदा मानिसहरुलाई आफ्नो नित्यकर्म भने गर्नै परेको छ । उज्यालो नहुँदैदेखि मानिसहरु आ–आफ्नो काममा व्यस्त हुन्छन् । चिसोमा पनि धेरै मोर्निङवाकमा निक्लिएकै हुन्छन् ।