ज्ञानुबाबा आवसीय मा.वि पोखरा–२ मिरुवाले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
ज्ञानुबाबा आवासीय मा.वि बाट आफ्नो शैक्षिक तथा खेल जीवनको सुरुवात गरेकी अरुणा शाहीलाई भलिबल खेलको माध्यमबाट विद्यालयलाई तथा राष्ट्रलाई समेत चिनाउन सफल राष्ट्रिय महिला टिमको कप्तानका रुपमा रही बङ्गलादेशमा आयोजित सेन्ट्रल जोन खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउन उल्लेखनीय भुमिका खेलेकी शाहीले आफ्नै कप्तानीमा दक्षिण एसियाली खेलकुद ९साग २०१९० खेलमा समेत उत्कृष्ट खेल प्रर्दशन गरी नेपाललार्इं रजत पदक जिताउन सफल भएकी थिइन् ।
कार्यक्रममा बोल्दै कप्तान अरुणा शाहीले आफु यो स्थानमा आइपुग्न विद्यालयले महत्वपुर्ण भुमिका खेलेको भन्दै विद्यार्थी भाइबहिनीहरुलाई लगनशीलता, मिहिनेत र कडा परिश्रमले नै आफ्नो लक्ष्य प्राप्त गर्न सकिने कुरा बताउँदै आगामी दिनमा विद्यालयको सर्वाङ्गीण विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा विद्यालयकी प्राचार्य शुभकन्या गुरुङ्गले भावी खेल जीवनको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो विद्यालयबाट खेल जीवन प्रारम्भ गरी देशलाई समेत चिनाउन सफल रहेको भन्दै बधाई ज्ञापन गरेकी थिइन् । उक्त कार्यक्रममा मिस युके नेपालकी संस्थापक निर्देशक शान्ति गुरुङ्गले समेत आफ्नो भनाई राख्दै शुभकामना तथा बधाई दिइन् ।
यस बिचमा अरुणा शाहीलाई प्रमाणपत्र र खादा लगाई सम्मान गर्दै विद्यालयका संस्थापक कृष्ण बहादुर गुरुङ्गले अरुणा अनुशासित र लगनशील भएकै कारणले यो सफलता प्राप्त गरेको बताउनुहुदैँ महिला भलिबल खेलमा छुट्टे इतिहास कायम राख्न सफल ज्ञानुबाबाले १०औँ सागमा समेत नेपाललाई तेस्रो स्थानमा दिलाउन महत्वपुर्ण योगदान पु¥याउने खेलाडीहरु एकिना गुरुङ्ग, राष्ट्रिय टिमकी पुर्व उपकप्तान मञ्जु गुरुङ्ग र लक्ष्मी गुरुङ्गलाई पनि स्मरण गरेका थिए ।
विद्यालयका संस्थापक कृष्ण बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालय संयोजक बाबुराम सुवेदी गरेका थिए ।




