गाडेर राखेको ९ हजार गोलीसहित एसएलआर बरामद

सुनसरीबाट अत्याधुनिक हतियार एसएलआरसहित ९ हजार बढी गोली बरामद गरिएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले सुनसरी बराहक्षेत्र ५ मा एक स्थानीयको कुखुरा फार्ममा गाडेरराखेको अवस्थामा एक थान एमएमजी र त्यसमा लाग्ने ९ हजार ९ सय ८२ वटा गोली बरामद गरेको हो।

गोली र हतियार जमिनमुनि गाडेर राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त हतियार र गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिएका छन् ।

ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।