बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहर पक्राउ परेका छन्।
१३ वर्ष पूरानो ज्यान मुद्दामा फरार प्रतिवादीको आरोप लागेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरि कैद भुक्तानीका लागि कारागार पठाएको हो।
उनले चलाएको ना४प ३७८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा २०६२ साल माघ २८ गते हँसिया देवि चौधरीको मृत्यु भएपछि भेदिहरलाई जिल्ला अदालत बाराले २०६३ साल भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
फरार अभियुक्तको सूचीमा अध्यक्ष रहेको देखिएपछि उनलाई पक्राउ गरी कैद भुक्तानीका लागि कारागार पठाएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन्।






