सेन्ट मेरिज माविमा भएको स्पोट्स मिटका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । शनिबार भएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङ, प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, विद्यालयका प्रिन्सिपल मार्गरेट मेरी लगायतले उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेका हुन् ।
गुरुङले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक विकास र सर्र्वागीण व्यक्तित्व विकासमा पनि सकारात्मक प्रभाव पार्ने बताए । उनले विद्यार्थीमाझ आफ्नो बाल्यकालका स्मृति पनि साटे । प्रिन्सिपल मेरीले सबै विद्यार्थीलाई धन्यवाद दिँदै सेन्टमेरिजका विद्यार्थीले स्कुल र देशले गर्व गर्न सक्ने काम गर्ने अपेक्षा गरिन् ।
चारै सदनमध्ये हरियो सदन सर्वाेत्कृष्ट भएको छ । अतिरिक्त क्रियाकपलमा नीलो र मार्चपासमा रातो सदन उत्कृष्ट भए । कार्यक्रममा आइडल विद्यार्थीका रुपमा श्रीया गुरुङ, खेलकुद च्याम्पियन सृष्टिका उदास, प्लस २ साइन्स टपर अवार्ड श्रेया हिराचन, म्यानेजमेन्ट टपर अवार्ड सुस्मिता विक, एसइईमा उत्कृष्ट सलिना खड्का, आधारभूत तहमा उत्कृष्ट कामक्षी शाह लगायतलाई पुरस्कृत गरियो ।
कार्यक्रम विद्यार्थीहरु करुणा पहारी, सिम्रन पौडेल, कृतिका पौडेल, शुष्मा गुरुङ र स्मृति गुरुङले सञ्चालन गरेका थिए ।




