प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा

१२ वर्षअघि मिगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि अस्पताल पुगेका छन्।

बिहीबार दिउँसो प्रधानमन्त्री ओली मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा महाराजगन्ज पुगेका हुन्।

पछिल्लो समय मिर्गौलाले काम गर्न छाडेपछि निरन्तर रुपमा डायलासिस गराउँदै आएका प्रधानमन्त्रीको डायलासिस जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अहिले जानकारी दिएका छन् ।