लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीले पोखरा महानगरपालिका वडा नं. ३३ कसेरीमा रहेको भगवती आधारभूत प्राथमिक विद्यालयका बालबालिकालाई मंगलबार न्यानो कपडा तथा स्टेशनरी बितरण गरेको छ ।
विद्यार्थीलाई न्यानो कपडा ट्रयाकसुट एवं स्टेशनरी बितरण गर्दै, पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले लायन्स क्लवले गरेको सहयोगले विद्यार्थीहरुको अध्ययनका लागि उर्जा थपेको बताए । उनले पछिल्लो समय सामुदायिक विद्यालयहरुले शिक्षाको गुणस्तर सुधार गरेको उल्लेख गर्दै, अवका केही बर्षमा बिद्यार्थी थेग्न नसक्ने अवस्था आउने बताउछन् । अहिले राम्रो शिक्षाका नाउँमा नीजि विद्यालयमा विद्यार्थीहरुको चाप बढेपनि महानगरले शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसका लागि भौतिक पूर्वाधारको सुधारमा जोड दिएको बताएका छन् ।
वडाध्यक्ष आचार्यले पाँच कक्षासम्मको अध्ययन हुने विद्यालयमा विद्यार्थीको संख्या कम हुन चिन्ताको बिषय रहेको उल्लेख गर्दै, भूगोलका आधारमा कम विद्यार्थी हुने विद्यालयबाट यातायातको सुविधा सहित अन्यत्र मर्जगर्दा पनि नतिजा राम्रो आउने सक्ने बताए ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ वि १ जोन ९१ का जोन चियरपर्सन भक्तबहादुर के.सी ले क्लवका सदस्यहरुले एक आपसमा रकम संकलन गरी विद्यार्थीहरुलाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताए । क्लवका निर्वतमान अध्यक्ष नवराज सापकोटाले बालमैत्री शिक्षण विधिबाट बालबालिकालाई अध्यापन गराउन सुझाव दिदै, महनगरले पक्की सडक संजालले जोडे बसाई सराईको संख्या कम हुने बताए । उनले बढ्दो शहरीकरणका कारण गाउँमा मानिसहरु बस्न छाड्दा विद्यालयहरु कमजोर बन्दै गएकोमा जोड दिए ।
विद्यालयको ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवशका अवसरमा क्लवले विद्यालयका ३० जना बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी बितरण गरेको कार्यक्रम संयोजक इश्वरबहादुर शाहीले जानकारी दिएका छन् ।
क्लवका उपाध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव इञ्जिनियर रविचन्द्र घिमिरेले संचालन गरेका थिए । कार्यक्रममा द्धितिय उपाध्यक्ष राजनकल्याण बड्गामी, कोषाध्यक्ष धु्रव के.सी, न्यानो कपडा वितर कार्यक्रमका संयोजक ईश्वर वहादुर शाही र विनोद गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।




