प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज ट्विट मार्फत मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएकोमा दुख व्यक्त गर्दै दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका हुन् ।
कलाकार दीपक क्षेत्रीको दुई दिनअघि र अध्यक्ष भट्टराईको गएराति निधन भएको थियो ।






