नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवाद समाधानका लागि दुबै पक्ष सकारात्मक देखिएका छन् ।
सोमबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वार्ताका लागि गठन गरेको समिति र संस्थापन पक्षबाट समन्वय गरिरहेका उपसभापति विमलेन्द्र निधिबीच सहमति गरेरै अगाडि बढ्ने सहमति जुटेको हो ।
आइतबार पनि केन्द्रीय समिति बैठक बहिष्कार भएपछि असन्तुष्ट पक्षलाई मनाउन कांग्रेस उपसभापति विमलेन्द्र निधि पौडेल समूहका नेताहरुसँग छलफल गर्न केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका थिए ।
बैठक सहमति नजिक पुगेको र आआआफ्नो समूहमा थप छलफल गरेर टुंगोमा पुगिने नेताहरुले बताएका छन् ।






