विवाद समाधानका लागि कांग्रेस नेताहरु छलफलमा

नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवाद समाधानका लागि नेताहरु बिहानैबाट छलफलमा जुटेका छन् ।

आइतबार पनि केन्द्रीय समिति बैठक बहिष्कार भएपछि असन्तुष्ट पक्षलाई मनाउन कांग्रेस उपसभापति विमलेन्द्र निधि पौडेल समूहका नेताहरुसँग छलफलमा जुटेका हुन् । 

उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले संस्थापन पक्षसँग वार्ताका लागि गठन गरेको समितिका नेताहरुसँग छलफल गर्न केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् ।

चाक्सीबारीमा अहिले उपसभापति निधि केन्द्रीय सदस्यहरु सिंहसँगै दिmेन्द्रप्रसाद बडू र हृदयराम थानी विवाद समाधनको उपायको खोजीक लागि छलफल गरिरहेका छन् ।