प्याब्सन स्पोर्टस मिटमा फुटबल प्रतिश्पर्धा सुरु

१६ औं प्याब्सन स्पोटस मिट २०७६ अन्र्तगत बुधबारबाट फुटबलका खेल सुरु भएका छन । भण्डारढिकको आदर्श खेल मैदान, नेपाल आर्दश माविको खेल मैदान, विष्णु पादुका खेल मैदान हेमजा र मझेरीपाटन स्थित शान्ति माविको खेल मैदानमा प्रतियोगिता सुरु भएका हुन् ।

सिनियर छात्रतर्फ भएको खेलमा डायमन्डले बेथानीलाई १–०, बालोदयले कुमुदिनीलाई ४–१, शिशु कल्याणले न्यु ऐरालाई ३–०, बाल प्रभातले अल्फालाई ३–० र कञ्चनजंघा इङलिस बोर्डिङ स्कुलले विद्या निकेतनलाई २–१ गोलले पराजित गरेका गरे । सिनियर छात्रतर्फ नै वेष्ट प्वाइन्टले मनकामनालाई १–०, ढुंगेसाँघुले सूर्योदयलाई २–०, नवदीपले स्पाइरल ग्यालेक्सीलाई २–० गोल अन्तरले पराजित गर्दा गुडसेफरले तारापुञ्जलाई ३–० गोलले पछाडि पा¥यो । शान्ती निकुञ्जले इडिएन्सलाई ५–० को भारी गोल अन्तरले पाखा लगायो ।

कक्षा १–५ सम्म छात्र जुनियर फुटबल नकआउटतर्फ भएका खेलमा पिकेजी, बाल प्रभात, कुमुदिनी, तारापुञ्ज, नेपाल आदर्श, ग्लोबल, बेथानी, धौलागिरी, फिसटेल र हिलप्वाइन्टले जितेको प्याबसन कास्की सचिव विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतियोगितामा स्पोटस् मिट फुटबल सिनियरतर्फ ६९ टिम, जुनियरतर्फ ५२ र सिनियर छात्रातर्फ १७ टिमको सहभागिता छ । सिनियर छात्र भलिबलमा २४, छात्रातर्फ १७, टेबुल टेनिस छात्रतर्फ ३९, छात्रातर्फ २६ तथा एथ्लेटिक्स छात्रतर्फ ६३ र छात्रातर्फ ४८ विद्यालयका खेलाडीको सहभागिता रहने प्याब्सन कास्की अध्यक्ष प्रेमप्रसाद शर्माले जानकारी दिए ।

एथ्लेटिक्स जुनियर र सिनयरतर्फ छात्रका १० इभेन्ट र छात्रातर्फ ८ इभेन्ट हुने छन् । छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र–छात्रा टेबुलटेनिस र एथ्लेटिक्सका खेल भने पोखरा रंगशालमा हुने प्रतियोगिता संयोजक मथुराप्रसाद पौडेलले बताए । सबै खेलका इभेन्टमा सबैभन्दा बढी अंक हासिल गर्ने विद्यालयलाई प्याब्सन स्पोटस् मिट रनिङ सिल्ड प्रदान गरिनेछ । २ वर्षअघि भएको १५ औं संस्करणमा टप्स माविले रनिङ सिल्ड पाएको थियो ।