रंगशालामा प्रहरीबाट कुटिए दर्शक र पत्रकार

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ ।

मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो ।उनीहरुलाई हटाउने नाममा प्रहरीले एक जनालाई घेरा हालेर कुटेको थियो ।

कुटपिटको फोटो खिचेको भन्दै नागरिक दैनिकको पत्रकार सुमन चापागाई लाई समेत कुटपिट गरेको छ ।घाइते चापागाईको कानबाट रगत बगेको हुदा उनको त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।