नेकपाले पार्टीको कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गरेको छ । सोमबार भएको पार्टीको सचिवालय बैठकले उनलाई यथावत काममा फर्कन निर्देशन दिएको हो ।
प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको पार्टीको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले जिल्लाका विवाद मिलाउनेदेखि बाँकी रहेको एकता प्रक्रियालाई आगामी मंसिर २७ गते टुंग्याउनेसम्म निक्र्याेल गरेको छ ।






