नेपाली बालिकालाई बलात्कार गरेको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ पक्राउ परेका छन्।पक्राउ पर्नेमा अमेरिकी नागरिक राहदानी नं। ५६७४७२५३५ वाहक ४० वर्षीय ज्यासन ल्योयड मुडी छन् ।
उनले आइतबार एयरपोर्ट स्थित मेमोरियल गेष्ट हाउस, कोठा नं १०४ बाट तीन बालिकालाई पैसा दिने र मिठो खानेकुरा दिने भन्दै बलात्कार गरेका थिए । प्रहरीले गेष्ट हाउसमा छापा मारेर ३ जना बालिकाको उद्धार गरेको छ।
उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताउँदै प्रहरीले आरोपी बालयौन दूराचारमा समेत संलग्न रहेकाले खुल्न आएको बताएको छ ।






