ताजा समाचार

मंसिर १९ गते २०७६

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसनका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा सुधार हुदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले काम कम गर्न थालेपछि डाक्टरहरुले पुनप्रत्यारोपणका विकल्पबारे छलफल भइरहेका बेला अपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेको हो।