ताजा समाचार

मंसिर १९ गते २०७६

प्रधानमन्त्रीलाई आज डिस्चार्ज गरिदै

दश दिनदेखि नमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी ओली डिस्चार्ज हुनेभएका छन् ।

प्रधानमन्त्री ओली दिउँसो ३ बजे डिस्चार्ज हुने प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन्।प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

प्रधानमन्त्रीको यसै अवधिमा ८ पटक डायलाइसिस पनि भएको छ। प्रधानमन्त्री ओलीको १२ वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको हो।