रुखको जराबाट बनेको अनौठो पुल

पुल निर्माण भन्ने बित्तिकै हामी पक्कि तथा झोलुंगे वा काठेपुल बुझ्छौं । तर दुनियामा यस्तो पनि ठाँउ छ जहाँ रुखको जराले पुल बनेको छ ।

पुल कुनै मानिसले बनाएको नभई आफै प्राकृतिक रुपमा निर्माण भएको छ । भारतको मेघालयमा रुखको जराबाट बनेको पुल छ । त्याहाँका मानिस सोही पुलबाट नै आवातजावत गर्छन् ।

करिब पचास मिटर सम्ममा छरिएको रुखको जराको पुलमा मानिसहरुले आवतजावत गरेका कारणले झन बलियो हुँदै गएको विज्ञहरुले बताएका छन् ।