नेकपाले बेइमानी गर्‍यो : चित्रबहादुर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ दल नेकपाले बेइमानी गरेको आरोप लगाएका छन् । १४ गते सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा र नेकपाबीच चुनावी तालमेल भए पनि नेकपाले त्यसको पालना नगरेको उनले बताए ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भने–‘नेकपाले बाग्लुङमा कार्यान्वयन गरेपनि प्युठानमा बेईमानी गर्‍यो ।’ प्युठानमा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा कार्यकर्ता वडाध्यक्ष निर्वाचित भएका छन् । उनले भने–‘पार्टीका अध्यक्षसँग भएको सहमति पालना हुँदैन भने त्यो कस्तो पार्टी, अध्यक्षको भनेको नमान्ने कस्ता कार्यकर्ता ?