प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा सुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।

मंसिर ४ गते प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डलाई कार्यकारी दिने र आफूले पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएपछि पहिलो पटक यो बैठक बस्न लागेको हो ।

बैठकमा उपनिर्वाचनको समिक्षा, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका साथै स्थायी कमिटीको बैठक बोलाउनेबारे छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिएका छन्।