एनसेल मेलामा विप्लवको प्रतिवन्ध !

नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दूरसञ्चार प्रदायक कम्पनी एनसेलद्वारा आयोजित ‘एनसेल मेला २०७६’ गर्न नदिने भएको छ ।

मंगलबार विज्ञप्ति निकालेर नेकपा प्रवक्ता प्रकाण्डले ‘भ्रष्ट र देशद्रोही कम्पनीलेलाई मेला गर्न नदिने जनाएका हुन् । विज्ञप्तिमा मेला बन्द नगरे कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ। प्रकाण्डले बिज्ञप्तिमा “पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन भनी उल्लेख गरेका तन् ।

सो मेलामा सहभागी नबन्न विद्यालय, खेलमैदानका व्यवस्थापकलगायत सबै नागरिकलाई आव्हान गर्दै उनले सो मेलालाई सहयोग नगर्न कार्यक्रममा सहभागी नहुन पनि आग्रह गरेका छन् ।