आन्दोलनमा उत्रन वडाध्यक्ष पदबाटै राजीनामा

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ का वडाध्यक्ष देवराज धरेलले राजीनामा दिएका छन् ।

सरकारले उचित मुआब्जा निर्धारण नगरेको भन्दै धादिङका बुढीगण्डकी जलविद्युत आयोजना डुबान प्रभावितले आन्दोलन थालेपछि धरेलले राजीनामा दिएका हुन् ।

राजीनामापछि स्थानीयसँगै आन्दोलनमा उत्रिने धरेलको तयारी छ । धादिङतर्फ आनाको ५० हजारदेखि बढीमा ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण भएको थियो ।

प्रभावितहरुले भने जग्गा हेरेर आनाको २५ लाख रुपैयाँसम्म मुआब्जा पाउनु पर्ने माग गरेका थिए ।

मुआब्जाले डुवान प्रभावित मर्कामा जनाउने उनले उचित मुआब्जाका लागि प्रभावितसँगै चरणबद्ध आन्दोलनमा लाग्ने जनाए ।

उनीहरुले उचित मुआब्जा र जनप्रतिनिधिको राजीनमा माग गर्दै डवान क्षेत्रका गाउँपालिका कार्यालय, वडा कार्यालय, सडक, शैक्षिक सस्था बन्द गरेका छन् ।