कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले बोलाए सचिवालय बैठक

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बुधबार हुने भएको छ । कार्यकारी अध्यक्ष बनेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो पटक बैठक बोलाएका हुन् ।

बैठक बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा हालै भएको उपनिर्वाचनको समीक्षा हुने बताइन्छ । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली अस्पतालमा रहेकाले दाहालले आफ्नो चीन भ्रमण पनि स्थगित गरेका छन् ।