धरानको कर घटाउन नेकपाको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालयको मंगलबारको बैठकले करको दर घटाउन नेकपा महानगर कमिटीलाई निर्देशन दिएको छ ।

उपनिर्वाचनको समीक्षासमेत भएको बैठक निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतको अध्यक्षतामा भएको थियो । बैठकले उपनिर्वाचनको तयारीको समयमा जनताले गरेको गुनासो सुनुवाई प्रक्रिया शुरु गनेृ निर्णय गरेको छ ।

बैठकले विभिन्न तहबाट लागु गरिएका करहरुप्रति जनताको व्यापक गुनासाहरु र असन्तुष्टिहरु पाईएकाले जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उपमहानगरपालिकाबाट आर्थिक वर्ष २०७६÷०७७ का लागि लागु गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दरहरु घटाउने कार्य सुरु निर्देशन दिएको छ ।