बागलुङ दूर्घटनामा ज्यान गुमाउनेको सनाखत

बाग्लुङको भिङगिठेमा जीप दूर्घटनामा मृत्यु भएको १४ जनाको सनाखत भएको छ ।

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिकामा कुल पूजाका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दूर्घटनामा परेको हो ।

दूर्घटनामा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्कीको मृत्यु भएको छ ।

दूर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् । भने जिपमा सवार इस्मा गाउँपालिका–४ का धनबहादुर कार्की बेपत्ता छन् ।

दूर्घटनामा परेकालाई लिन दूर्घटनास्थल पुगेका गुल्मी क्षेत्र नं २ का सांसद् एवं पूर्वमन्त्री गोकर्ण विष्टले हेलिकप्टरबाट घाइतेलाई काठमाडौं पठाएका छन् ।