बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको ग १ ज ५२१९ नम्बरको जिप मंगलबार बिहान बडीगाड गाउँपालिका ७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टराईले जनाएका छन् ।

घटनाको थप विवरण आउन बाकीँ रहेको प्रहरीले जनाएको छ ।