ताजा समाचार

मंसिर १६ गते २०७६

बलात्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै पक्राउ

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको छ । गत कात्तिक ४ गते बलात्कार गरेको महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो ।

बलात्कार आरोप लागेपछि मुटु दुखेको भन्दै विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गराइरहेका सिद्धबाबालाई चार दिन हिराशतमै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।