धरानमा कांग्रेसले गाड्यो खम्बा, तिलक राईको जित

धरान उपमहानरपालिकामा नेपाली कांग्रेसले खम्बा गाडेको छ ।

२०४८ सालदेखि निरन्तर तत्कालीन एमालेले जित हासिल गर्दै आएको उक्त क्षेत्रमा यसपटक तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपाले पनि जित हासिल गर्न नसकेको हो । 

काँग्रेसका उम्मेदवार तिलक राईले दुई हजार भन्दा बढी मतको अन्तरले जित हासिल गरेको बताइएको छ । 

अन्तिम घोषणा भने हुन बाँकी रहेको छ । धरानमा २०७४ को निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भए पनि उनको निधन पछि उपनिर्वाचन भएको हो।