सुनसरीको धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाममा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
१० हजार १२२ मत गन्न बाँकी हुँदा नेपाली कांग्रेसका तिलक राईले २१ हजार ३११ मत पाएका छन्। नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत पाएका छन् ।
प्रकाश राई नेपाली कांग्रेसका तिलक राई भन्दा एक हजार बढी मतले पछि परेका छन् । धरानलाई तत्कालीन एमालेको गढ क्षेत्र मानिन्छ ।
तर उपनिर्वाचनमा कांग्रेसले अग्रता लिएको हो । अहिलेसम्म ४४ हजार ८८९ मत गनिएको छ । वडा नम्बर ६ देखि २० सम्मको गणना भइसकेको हो ।






