ताजा समाचार

मंसिर १६ गते २०७६

कांग्रेस किल्ला फाल्गुनन्द गाँउपालिका अध्यक्षमा नेकपा विजयी

नेपाली काग्रेसको गढ मानिएको पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वीरबहादुर कुरुम्बाङ विजयी भएका छन् । कुरुम्बाङले ८०६ मतको अन्तरले विजय हाँसिल गरे ।

गएराती सम्पन्न मतपरिणाम अनुसार कुरुम्बाङले ५३६९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङदेम्बेले ४५६३ मत प्राप्त गरे । यहाँ समाजवादी पार्टीकी विमला आङदेम्बेले ३२० मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०का मोतिप्रसाद आङदेम्बेले ७५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ मत, मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवारले १२ मत प्राप्त गरेका छन् । निर्वाचनमा १७९ मत बदर भएको छ ।

गाँउपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यस पालिकामा उपनिर्वाचन भएको हो ।२०२४ बैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा स्व। बुवा नरबहादुर कुरुम्बाङ र आमा दिलमाया कुरुम्बाङको जेठो छोराको रुपमा वीरबहादुर कुरुम्बाङको जन्म भएको थियो ।

तीन बहिनी र एक भाईका दाजु कुरुम्बाङले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । २०५२ सालमा तत्कालीन नेकपा ९एमाले०बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वा्चित भएका थिए ।