ताजा समाचार

मंसिर १५ गते २०७६

विद्या बनिन् सांसद, खेमराजले दिए बधाई

कास्की २ मा शनिबार भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । विद्यालाई कांग्रेस उम्मेदवार खेमराज पौडेलले बधाई एवं शुभकामना दिएका छन् ।

नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९४ मत ल्याइ विजयी भएकी छिन् । उनले ८ हजार ४०३ मतान्तरले विजयी भएकी हुन् ।

कांग्रेस उमेदवार पौडेलले १५ हजार ९९१ मत ल्याए। समाजवादी पार्टीका उम्मेदवार धर्माराज गुरुङले १९ सय २२, राप्रपाका उम्मेदवार राेमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९४२ मत प्राप्त गरेकी छिन् ।

पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। त्यसमत्ये ४५५६३ मत खसेको थियो।