राजपालाई हराएर पिपरा गाउँपालिकामा नेकपाको जित

यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाले विजय हासिल गरेको छ । कडा प्रतिस्पर्धाका बीच नेकपाका उम्मेदवार विक्रम चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ३८ मत प्राप्त गरिन् । राजपा नेपालका उम्मेदवार रविता कुमारी चौधरीले २ हजार ९ सय ८४ मत प्राप्त गरिन् ।