पाँचथरको फाल्गुनन्द गाउँपालिकामा अध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले अग्रता बनाइरहेको छ ।
पछिल्लो परिणामअनुसार नेकपाका उम्मेदवार वीरबहादुर कुरुम्बाङ १८०६ सहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार वृजहाङ आङदेम्बेले १५८८ मत ल्याएर पछ्याइरेका छन् ।
त्यसैगरी तेस्रो स्थानमा रहेकी समाजवादीका बिमला नेम्बाङ आङ्देम्बे १२१ मत ल्याएकी छन् ।यसअघि कांग्रेसकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको कारण उपनिर्वाचन भएको हो ।






