प्युठानमा स्वतन्त्र उम्मेदवार मगर विजयी

प्युठानको ऐरावती गाउँपालिका २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार दिएका भिमेश कुमार घर्ती मगर निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बिकलाई ३ सय ५१ मतले पछि पार्दै मगर विजयी भएका हुन् ।

विजयी मगरले ८ सय ५५ मत प्राप्त गरेका छन् भने जनमोर्चाका उम्मेदवार बिकले ५ सय चार मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका भूपाल जिसीले ३ सय ५६ मत प्राप्त गरेका हुन् ।

नेकपा र जनमोर्चा चुनावी तालमेल गरेपछि स्वतन्त्र उम्मेदवार दिएका (नेकपा)का ऐरावती गाउँ कमिटीका सचिवालय सदस्य मगरलाई नेकपाका कार्यकर्ताले सहयोग गरेका थिए ।