खोटाङमा राप्रपा उम्मेदवारलाई १ भोट

खोटाङको सोकला गाउँपालिका वडा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार इन्द्रबहादुर खड्काले आफ्नै १ भोट मात्र पाएका छन् ।

सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकी उम्मेदवार शिवकला राईले तीन सय ९१ मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुरले तामाङ ३ सय ७४ मत प्राप्त गरेका छन् ।

यहाँ सात सय ९६ मत खसेकोमा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।