खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाको जित

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विजय प्रप्त गरेको छ ।

नेकपाकी रुपा शाहीले कांग्रेसकी तारा शाहीलाई ६९ मतान्तरले पराजित गर्दै विजय हासिल गरेकी हुन् । रुपाले १ हजार ४५४ मत ल्याउदाँ उनकि प्रतिद्वन्द्वी ताराले १ हजार ३८५ मत प्रप्त गरेकी थिइन् ।

उपाध्यक्षका लागि उम्मेरद्धार दिएका राप्रपा संयुक्तका दीपबहादुर शाहीले भने १० मत पाएका छन् ।