एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ को मृत्यु

सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार ७ जनाको मृत्यु भएको छ ।

गएराति विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रक कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा एम्बुलेन्स चालक राजेश दनुवार ,दुर्गाधन राई, टेकेन्द्र राई, तुलबहादुर राई, दिनेश राई , मुकेश राई र शिवमाया राई रहेको प्रहरीले जनाएको छ ।