प्यूठान २ र कोहलपुरमा नेकपा विजयी

प्यूठानको प्यूठान नगरपालिका वडा नं- २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुक्ति पोख्रेल विजयी भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह बिष्टलाई २ सय ८४ मत अन्तरले हराउँदै पोख्रेल विजयी भएका हुन् । पोख्रेलले १ हजार १ सय २७ मत पाउंदा बिष्टले ८ सय ४३ मत प्राप्त गरेका छन् । २५ मत बदर भएको छ । २ मा ३ हजार २१ मतदाता रहेकोमा १ हजार ९ सय ९५ मत खसेको थियो ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा नेकपाका उम्मेदवार रामशरण थारु विजयी भएका छन् । नेपाली कांग्रेसका श्रीकृष्ण थारुलाई पराजित गर्दै रामशरण विजयी भएका हुन् । नेकपाका रामशरणले ८ सय मत प्राप्त गर्दा कांग्रेसका श्रीकृष्णले ७ सय ३७ मत प्राप्त गरेका छन् ।