सत्तारुढ नेकपाका २ प्रभावशाली नेताको वडा दाङको घोराही उपमहानगरपालिका वडा नंं। १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी भएका छन् ।
संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा नेकपाले पराजय व्यहोरेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै डांगी निर्वाचित भएका हुन् । डांगीले १ हजार दुई सय २२ मत प्राप्त गरी विजयी हुंदा निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार केसीले एक हजार एक सय १७ मत प्राप्त गरेका छन् । यहाँ ३ हजार दुई सय २६ मत खसेको थियो ।
गत निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए । यहाँ स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७२० मत ल्याए भने ६८ मत बदर भएको छ ।






