कास्की-२ : बल्ल एउटा वडाको मतगणना सकियो, यस्तो छ पछिल्लो अवस्था

अन्य क्षेत्रको नतिजा लगभग आइसक्दा बहुचर्चित कास्की–२ को मतगणना बल्ल शुरु भएको छ ।

उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ मा शनिबार भएको मतदानको मतगणना बल्ल शुरु भएको छ ।

शनिबार राति १०ः३० बजेदेखि मतगणना शुरु हुने भनिए पनि विभिन्न विवादका कारण निकै ढिलोगरी मतगणना शुरु भएको थियो ।

जसअन्तर्गत वडा नं. ३३ को मतगणना सकिएको छ । यो साविक भरतपोखरी क्षेत्र हो ।

मतगणना अनुसार यो वडाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले ३ हजार २ सय ७६, नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

यसैगरी समाजवादी पार्टीका उम्मेदवार ई. धर्मराज गुरुङले ९५, साझा पार्टीकी रजनी केसीले ३२, राप्राका रोमबहादुर भण्डारीले ४७ मत प्राप्त गरेका छन् ।

कुल ७ हजार ९ सय ९१ मत खसेकोमा ५१ मत बदर भएको बताइन्छ । पोखरा–३३ को मतगणना पछि पोखरा–४ को मतगणना शुरु हुनेछ ।