नेकपाको तेस्रो विजय सल्यानमा

आज भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी नेकपाले लगातार विजय हासिल गरिरहेको छ । सल्यानको कुमाख गाउँपालिका ५ को वडाध्यक्षमा नेकपा उम्मेदवार विजयी भएका छन् ।

नेकपाका धर्मे बुढाथोकी ७ सय ९२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर बोहोराले २ सय ५१ मत ल्याए। १ हजार ८ सय ३९ मतदातामध्ये १ हजार १ सय २४ मत खसेको थियो। ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।