नेकपाको दोस्रो जित पुनर्वास ३ मा

कञ्चनपुरको पुनर्वास नगरपालिका ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार तामाङले ५ सय २८ मत पाएका छन् ।

नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३ सय १० र समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाएका छन् । ११९९ मतदाता रहेको यो वडामा ९ सय २४ मत खसेको थियो ।