थवाङमा नेकपाको जित

रोल्पाको थवाङ्ग वडा नम्बर १ मा भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विजयी भएको छ ।

नेकपाका उमेदवार जनकबहादुर बुढा १७४ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत पाए । २०८ मत खसेकोमा ९ मत बदर भएको थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालेले चुनाव बहिस्कार गरेपछि १२ सय ८८ मतमा २०८ मतमात्र खसेको हो ।