फेरि फरक बन्यो थवाङ

रोल्पाको ऐतिहासिक थवाङ गाउँले फेरि फरक पहिचान देखाएको छ ।
यो पटक उपचुनावमा पनि थवाङ छुटेन । थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षका लागि शनिबार भएको मतदानमा निकै कम मतमात्र खसेको छ ।

१ हजार २ सय ८४ मतदाता रहेको यो वडामा २ सय ९ मतमात्र खसेको छ मुख्य निर्वाचन अधिकृत ऋषिराम सुबेदीले यो जानकारी दिएका हुन् ।

फवाङ १ वडाध्यक्ष फर्कबहादुर बुढामगरको निधन भएपछि यहाँ चुनाव हुन लागेको हो । २०७४ को उपनिर्वाचनमा यो वडामा सबै नेत्रबहादुर चन्द विप्लव नेतृत्वकाको नेकपाका उम्मेदवार विजयी भएका थिए ।

यस पटक नेपाल कम्युनिष्ट पार्टी नेकपाका जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कमलबहादुर रोकामगरबीच प्रतिस्पर्धा हुने बनाइएको छ ।