विकास, नीति निर्माण दुवैतिर सक्रिय हुन्छु : विद्या (फोटो फिचर)

पोखरा ३३ बरपाण्डेथुमको शान्तिउदय मावि मतदान केन्द्रबाट नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । पति रवीन्द्र अधिकारीले अध्ययन गरेको स्कुलमा छोरा र पार्टी नेता, कार्यकर्तासहित उनी पुगेकी थिइन् ।

बिहान करिब ९ बजे मतदान गरेपछि उनले देशको नीति निर्माण र विकास, निर्माणको अगुवाइ गर्ने प्रतिवद्धता गरिन् । उनले रवीन्द्रले सुरु गरेको र निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाडो निर्माण गर्न पहल गर्ने जनाइन् । यो विमानस्थल बनेमा पोखरा पर्यटनको राजधानी हुने उनले पत्रकारहरुलाई प्रतिक्रिया दिइन् ।

मतपत्रमा मतदान अधिकृतको छाप नभएको पाइएपछि पाइएपछि केही बेर मतदान रोकिएको थियो । यो मतदान स्थलमा १ हजार ५ सय ५८ मतदाता छन् ।