मेयरको कार्यकक्ष अघि बम

सिरहाको धनगढीमाई नगरपालिका १० स्थित मेयरको कार्यकक्ष रहेको भवनको ढोकामै प्रेसरकुकर बम भेटिएको छ ।

शुक्रबार बिहान कार्यालय सहायक मूल ढोका खोल्न जाँदा निलो प्लाष्टिकको झोलामा टेप टाँसिएको प्रेसरकुकरमा पुरानो मोवाइल तार जोडी रातो टेपले टाँसेको देखेपछि उनले प्रहरीलाई खवर गरेका थिए ।

भाडामा संचालन गरिएको भवनको माथिल्लो तलामा मेयर हरिनारायण चौधरीको कार्यकक्ष, कार्यपालिकाको बैठक हल र भुइँतलामा योजना र विपद् व्यवस्थापन शाखा छ ।

त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगिसकेको छ ।