अपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएतापनि उपचारमा संलग्न चिकित्सकहरुले एक सातासम्म डिस्चार्ज नहुने जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया भएको आज तेस्रो दिन पूरा भएको छ। उनी अहिले मनमोहन कार्डियक थोरासिक एण्ड भास्कुलर सेन्टरमा उपचाररत छन्। उनको अवस्था खतरामुक्त रहेको पनि चिकित्सकहरुले जानकारी दिए।
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा.रमेश सिंह भण्डारीले उनि १० दिनमा अस्पताल भर्ना हुनुपूर्वको अवस्थामा पुग्ने हुदा एक हप्तामा डिस्चार्ज गरिने जानकारी दिएका छन् ।
प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको अप्रेसनले मिर्गौला प्रत्यारोपणमा कुनै असर नगर्ने बताइन्।




